इष्टुले ललितपुरका प्रमुख महर्जनलाई १३ बुदे ध्यानकर्षणपत्र बुझायो


ललितपुर ।

संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु)ले ललितपुर महानगरपालिकाका प्रमुख चिरिबावु महर्जनसंग भेट गरी १३ बुदे ध्यानकर्षणपत्र बुझाएको छ ।

इष्टुका अध्यक्ष होमकुमार थापाको नृतृत्वमा गएको टोलीले प्रमुख महर्जनको दोस्रो कार्यकालको शुभकामना सहित ध्यानाकर्षणपत्र बुझाएको हो । निजी विद्यालयका शिक्षक र कर्मचारीले भोग्नुपरेको समस्याको विषयमा जानकारी गराउदै अध्यक्ष थापाले ती मागलाई सम्बोधन गर्न प्रमुख महर्जनलाई आग्रह गर्नुभएको थियो । प्रमुख महर्जनले सबै पक्षको छलफलपछि आफुले साझा धारणा तयार गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो–तपाईहरुको कतिपय सम्स्या जायज छन् , तीनलाई पुरा गर्ने विषयमा आफु तयार छु । उहाले तत्काल महानगरको शिक्षा शाखासंग छलफल गर्ने समेत बताउनुभयो । इष्टुका अध्यक्ष थापाले विद्यालका शिक्षक र कर्मचारीको मागको बारेमा गम्भीर हुन आग्रह गर्नुभयो ।

 

इष्टुले निजी विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाईयोगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य रुपमा आबद्ध गर्नुपर्ने, कोभिडको समयको तलब दिनुपर्ने, शिक्षक कर्मचारीलाई नियुक्तिपत्र दिनुपर्ने, शिक्षक र ऐन र नियमावली अनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्नुपर्ने, शिक्षा ऐन र नियमावली अनुसार तलब र सुविधाको व्यवस्था हुनुपर्ने, सञ्चयकोष र उपदानको व्यवस्था हुनुपर्ने , सुत्केरी र किरियाबिदा दिने अनिवार्य व्यवस्था लागु गर्नुपर्ने माग अघि बढाएका छन् ।

त्यस्तै शिक्षक भर्ना र अवकास दिन मापदण्ड बनाउनुपर्ने, शुल्क लिए अनुसार विद्यार्थीलाई सुविधा दिनुपर्ने, सरकारले आर्थिक विधेयक मार्फत बढाईको तलब लागु गर्नुपर्ने र शिक्षा समितिमा युनियनका प्रतिनिधि राख्नुपर्ने लगायतको माग र समस्या प्रस्तुत गरेका थिए । मागपत्र बुझाउन महासचिव भोला चालिसे र राष्ट्रिय समिति सदस्य केशव श्रेष्ठ, सचिव राम थुलुङ लगायतको उपस्थिति थियो ।