राष्ट्रियसभा कांग्रेस संसदीय दलको नेतामा रायमाझी

0
Shares

काठमाडौं ।

नेपाली कांग्रेस राष्ट्रिय सभाका लागि संसदीय दलको नेतामा रमेशजङ्ग रायमाझी मनोनयन भएका छन् ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाका सदस्य रायमाझीलाई आज राष्ट्रिय सभाका लागि संसदीय दलको नेतामा मनोनयन गरेकाे कांग्रेस संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।

देउवाले दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम राष्ट्रिय सभाका लागि संसदीय दलको नेतामा मनोनयन गरेका हुन ।