प्रधानमन्त्रीसहित कांग्रेस नेताहरू शितल निवासमा

0
Shares

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेता राष्ट्रपति कार्यलय शितल निवास पुगेका छन् ।

कंग्रेस सभापतिसमेत रहेका देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सोमबार दिउँसो शितल निवास पुगेका हुन् ।

नागरिकता विधेयक प्रमाणीकरणका लागि कांग्रेस टोलीले राष्ट्रपति भण्डारीलाई आग्रह गर्नेछ । नागरिकता विधेयककै कारण निर्वाचनको माहोल नबढेको निष्कर्षसहित कांग्रेसले राष्ट्रपतिलाई भेटेरै यसबारे छलफल गर्न लागेको हो । राष्ट्रिय सभाबाट विधेयक पारित भए पनि राष्ट्रपतिले ‘होल्ड’ मा राख्ने संकेत दिएपछि कांग्रेसले विधेयक प्रमाणीकरण गर्न पहल थालेको हो ।