छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा नोबेल कलेजका एक शिक्षक पक्राउ

0
Shares

काठमाडौं ।

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौंको नयाँ बानेश्वरस्थित नोबल एकेडेमीका शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० वर्षीय सरोज भट्टराई रहेका  छन्। उनी अंग्रेजी पढाउने शिक्षक हुन्।

छात्रालाई दुर्व्यवहार गरेको भन्दै सोमबार बिहान कक्षा १२ का विद्यार्थीहरूले आन्दोलन गरेका थिए । उनीहरूले बिहानैदेखि नाराबाजी गर्दै आरोपित शिक्षकलाई कारबाही गर्न माग गरेका छन्।

प्रहरीले आरोपित शिक्षकलाई नियन्त्रणमा लिएर  अनुसन्धान गरिरहेको काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए।