कुशेऔंशी मापिताहरुलाई ढाका टोपी र आमाहरुलाई चुरा धागो

0
Shares

काठमाडौं । वैदिक सनातन हिन्दु धर्मको संरक्षण र सम्वद्र्धन गर्दै मानव सेवामा समर्पित सामाजिक संस्था ‘हामी मानवता बचाउँ’ ले कुशेऔंशी तथा हरितालीका तीजको अवसरमा मानव कल्याण समाज सेवा घर भक्तपुरमा आश्रीत २८ जनापिता र १५ जना आमाहरुलाई सम्मान गरेको छ ।

‘हामी मानवतावचाउँ’ संस्था कोटेश्वरका संस्थापक÷संरक्षक गुरु आचार्य राम लम्साल तथा संस्थाका पदाधिकारीहरुले ती २८ जना पिताहरुलाई एकैनाशको ढाका टोपी र १५ जना आमाहरुलाई चुरा धागो लगाईदिएका थिए ।

साथै संस्थाको तर्फबाट सो सेवा घरमा आश्रीत बा आमालाई भोजन खुवाइएको थियो । संस्थाका पदाधिकारीहरुले सेवा घरमा गएर खानेकुरा (दर) पकाएर आश्रीत बा आमालाई खुवाएकाथिए भने ‘हामी मानवतावचाउँ’ संस्थाको तर्फबाट केही रकम मानव कल्याण समाज सेवा घरलाई हस्तान्तरण गरिएको थियो ।

संस्थाका संस्थापक/संरक्षक गुरु आचार्य राम लम्साल, अध्यक्ष दिनेशराज सुवेदी,उपाध्यक्ष अंकित वोहारा,सह—कोषाध्यक्ष कोपिला बज्राचार्य तथा कार्यसमितिका सदस्यहरु दुर्गा सुवेदी अधिकारी, सिर्जनाचन्द, मिना आचार्य,पुर्व सचिव डगेन्द्र आचार्य, सदस्यहरु विश्ना सुवेदी, निर्मला चन्द, उद्या पोखरेल, भावना न्यौपाने, अर्पणराज तुलाधार, प्रशुन्ना भुजेल र ममता पाण्डे सहितको टोली सो सेवा घरमा उपस्थित भएका थिए ।