यमबुद्ध शान्ति दौड आउँदो असोज १ गते काठमाडौंमा हुने

0
Shares

काठमाडौं । आगामी असोज १ गते शनिबारका दिन यमबुद्ध फाउन्डेशनको आयोजनामा चर्चित यापर ब्याटल तथा गायक स्व। यमबुद्ध (अनिल अधिकारी)को सम्झनामा काठमाडौंमा “यमबुद्ध शान्ति दौड (याली)” कार्यक्रम हुने भएको छ ।

यमबुद्ध फाउन्डेशनले आइतबार पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरी सो कार्यक्रमको बारेमा जानकारी गराएको हो । फाउन्डेशनका अध्यक्ष अम्बिका प्रसाद अधिकारीले शान्ति दौड कार्यक्रममा काठमाडौंका मेयर बालेन शाह सहित खेलकुद तथा सांगीतिक क्षेत्रका विशिष्ठ व्यक्तित्वहरुको समेत सहभागिता रहने जानकारी दिनुभयो ।

अध्यक्ष अधिकारीले देशमा शान्ति, सुव्यवस्था र विकासको कामना गर्दै शान्ति दौड कार्यक्रम गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो चाहना देशमा शान्ति होस्, प्रगति होस् भन्ने नै हो । यमबुद्धले समाजमा गरेका योगदानहरुलाई आम युवापुस्ता र सबैमा चिनाउन यस किसिमको कार्यक्रम गरेका हौं । फाउन्डेशनले आगामी दिनहरुमा सामाजिक सेवाका कार्यहरुलाई तीव्रता दिनेछ ।”

कार्यक्रमको सुरुवात नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडिबाट सुरु भई त्यहीँ नै समापन हुनेछ । कार्यक्रममा काठमाडौंका मेयर शाहको विशेष उपस्थिति रहनेछ । कार्यक्रममा सहभागी हुन फाउन्डेशनले सबैमा अपिल गरेको छ ।

हामी माझ नरहनु भएपनि ख्यातिप्राप्त (यापरको रुपमा परिचित यमबुद्ध युवापुस्ता माझ लोकप्रिय नाम हो । यमबुद्धका अधिकांश गीतहरु चर्चित छन् । नेपालमा (याप ब्याटलको प्रसंग उठाउने बित्तिकै अधिकांश युवाहरुले ‘रअ बार्ज’को नाम सम्झिन्छन् । र्यापर ब्याटललाई नेपालमा पनि व्यावसायिक बनाउँदै लैजानुपर्ने सोचसहित यम बुद्ध, कोलिन राणा लगायतको टिमले कार्यक्रमको नाम ‘रअ बार्ज’ राख्यो ।

यम बुद्ध यो संसारमा नरहे पनि रअ बार्जलाई चिनाउने र आजसम्मको अवस्थामा ल्याउने काममा उनको महत्वपूर्ण भूमिका रहेको यमबुद्धका सहकर्मीहरु बताउँछन् । फेरि, ‘रअ बार्ज’ यस्तो प्लेटफर्म हो, जहाँबाट लाहुरे, अहिलेका काठमाडौंका मेयर बालेन शाह जस्ता धेरै चर्चित (यापर जन्मिएका छन् जो अहिले व्यावसायिक रुपमा सफल पनि मानिन्छन् ।