पद प्राप्तिका लागि मात्रै राजनीति नगरौं : उपसभापति गुरुङ

0
Shares

स्याङ्जा । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ्ले पद प्राप्तिका लागि मात्र राजनीति गर्न नहुने बताउनु भएको छ । नेपाली कांग्रेस स्याङ्जाद्वारा आयोजित ‘जनतासँग नेपाली काँग्रेस’ अभियान कार्यक्रमको उदघाटन गर्दै उपसभापति गुरुङ्ले राजनीति गर्नेले राष्ट्र र नागरिकका हितमा काम गर्न प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।

‘जनताको साथले मात्र मुलुकका ठूल्ठूला आन्दोलन सफल भएका हुन्, राणादेखि निरंकुश शासन ब्यवस्था र गणतन्त्र ल्याउनसम्म नागरिककै महत्वपूर्ण योगदान छ’ उहाँले भन्नुभयो, ‘मुलुकमा आजको आवश्यकता र नागरिक हितका पक्षमा काम गर्न प्रतिबद्धत भए मात्र राजनीति सफल हुन्छ ।’

नागरिकका घर–घरमा पुगेर नागरिकका गुनासा सुन्न समेत उहाँले सुझाव दिनुभयो । आउँदो निर्वाचनमा सबैले मिलेर पार्टीलाई जिताउनुपर्नै बताउनुभयो । उहाँले सबै जनताको मन जितेर काम गर्न सुझाव दिनुभयो । ‘नेताका मात्र गुनासा सुन्ने हो भने नेपाली कांग्रेस लक्ष्यमा पुग्न सक्दैन् । लक्ष्यमा पुग्नका लागि घरघरमा पुगेर वीपीका विचार र कांग्रेसका एजेण्डा बुझाउनै पर्छ । तब मात्र मंसिर ४ पछि नेपाली कांग्रेस पहिलो ठूलो पार्टी बन्छ ।’ गुरुङको भनाई छ ।