बुटवलको सतगढी खोलाले बगाउँदा ७० वर्षीया बृद्धा क्षेत्री बेपत्ता

0
Shares

बुटवल । बुटवलमा खोलाले बगाउँदा एक बृद्धा बेपत्ता हुनु भएको छ् । बेपत्ता हुनेमा बुटवल उपमहानगरपालिका–११ मझुवाकी ७० वर्षीया रुद्र पङ्गेनी क्षेत्री रहेको ईलाकाप्रहरी कार्यालय बुटवलले जनाएको छ ।

उहाँलाई शनिबार साँझ भैसी चराएर फर्कने क्रममा बुटवल–१२ स्थित सतगढी खोलाले बगाएको थियो । खोलाले बगाई बेपत्ताहुनु भएकी क्षेत्रीको खोजीकार्य जारी रहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताउनु भयो ।