खोलाले टिपर बगायो

0
Shares

नवलपरासी । पूर्वी नवलपरासीमा गए राती बिनयी खोलाले एउटा टिपर बगाएको छ । जिप्रका नवलपरासी पु्र्वले दिएको जानकारी अनुसार स्थानीय बिनयी खोलाले ग २ ख १०२४ नम्बरको टिपर बगाएको हो ।

रातको समयमा खोलाले टिपर बगाएको सूचना पाउनासाथ अस्थाई प्रहरी पोष्ट सर्दीको टोली घटना स्थलमा पुगेको थियो ।

प्रहरी घटना स्थल पुग्दा चालक फेला नपरेको, टिपरलाई खोलाले बगाएर २ सय मिटर तल लगेको अवस्था रहेको थियो ।

प्रहरीले घटना स्थलमा रहेका टिपर मालिक समेतको सहयोगमा टिपरलाई खोलाबाट बाहिर निकाल्ने प्रयास भई रहेको सूचना अधिकारी प्रनाउ सन्तोष पाठकले बताए ।