व्यवस्थित शहरीकरण आजको आवश्यकता भएको प्रधानमन्त्री देउवाको भनाइ

बुटवलमा सवाअर्ब लागतमा निर्माण भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उदघाटन

0
Shares

बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले १ अर्ब ११ करोडको लागतमाबुटवलमा निर्माण भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घघाटन गर्नु भएको छ ।

शनिवार सम्मेलन केन्द्रको उद्घघाटन गदै प्रधानमन्त्री देउवाले व्यवस्थितशहरीकरण आजको आवश्यकताभएको बताउनु भयो । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमानिर्माण भएका र निर्माणको चरणमा रहेकाशहरहरूलाई व्यवस्थित र योजनावद्ध रूपमा अगाडि बढाउनुपर्ने बताउनु भयो् ।

प्रधानमन्त्री देउवाले व्यवस्थितशहर नहुँदा स्वास्थ्यविपति र सामाजिकविकृति फैलिने गरेको बताउनु भयो । व्यवस्थितशहरीकरणबाट मात्रै आर्थिक, सामाजिक र शैक्षिकगतिविधिले गतिलिन सक्ने बताउँदै उहाँले यसबाट मात्रदीगो विकास लक्ष्यहासिलगर्न सकिने स्पष्ट पार्नु भयो ।

बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले यहाँको पर्यटकीय, आर्थिक र शैक्षिकविकासमा योगदानपुर्याउने विश्वास व्यक्तगर्दै देउवाले यसलाई व्यवस्थित रुपमाचलाउनुपर्नेमाजोड दिनु भयो ।

‘नेपालको कुल जनसंख्याको २ तिहाई शहरी क्षेत्रमाबसोबास गर्छन्, अनियन्त्रितबसाइसराई रोक्नहिमाली र पहाडी क्षेत्रमापनिव्यवस्थितशहरीकरणको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ प्रधानमन्त्री देउवाले भन्नु भयो ।

उद्घघाटन समारोहमा गृहमन्त्रीबालकृष्ण खाँण, सहरी विकास मन्त्री मेटमणि चौधरी ,लुम्बिनीप्रदेशकामुख्यमन्त्रीकुल प्रसाद केसी ,पूर्वअर्थमन्त्री विष्णु पौडेलपूर्व शहरीविकास मन्त्री रामकुमारी झाकी, बुटवल उपमहानगरपालिकाकाप्रमुख खेलराज पाण्डेले सम्मेलन केन्द्रले पुराउने योगदानकावारेमाप्रकाशपार्नु भएको थियो ।

बुटवल उपमहानगरले संरक्षण गरेको बुटवल मण्डपमा सभाहल र अन्य सानाहलमा गरी २हजार ७ सय मानिस अट्ने सम्मेलन केन्द्र तयार भएको हो। नेपालको झन्डा आकारमातयार पारिएको सभाहलतत्कालै प्रयोग गर्न मिल्ने गरी तयार भइसकेको छ । सभाहलमा एक हजार मानिस अटाउँछन्। सभाहलसहित ६ वटा बैठक हल र २ वटा बहुउद्देश्यीयहलभवनतयार भएको छ ।

सर्भिस भवन, कर्मचारी आवास तथाअन्यआवश्यकपूर्वाधार निर्माण भएको छ। सभाहलबाहेक बैठक हल र बहुउद्देश्यीयहलमाफर्निचर, फर्निसिङको कामगर्न बाँकी रहेको आयोजनाप्रमुखधर्मेन्द्र पन्थले बताउनु भयो ।

सम्मेलन केन्द्र तयार भएपछि बुटवलमा अन्तर्राष्ट्रिय स्तरका सभा, सम्मेलनहरू गर्न सहजहुने भएको छ । चार सय गाडी र चार सय मोटरसाइकलपार्किङको व्यवस्था छ । सम्मेलन केन्द्रमा हेलिप्याड समेत बनाइएको छ । प्रधानमन्त्री देउवा हेलिकप्टरमा सम्मेलन केन्द्रमाआउनु भएको हो । सम्मेलन केन्द्र ९.६ बिगाहा क्षेत्रफलमा रहेको छ ।