बनस्थलीमा पनि चल्यो काठमाडौँ महानगरको डोजर

0
Shares

काठमाडौँ।

काठमाडौं महानगरपालिकाले बनस्थलीस्थित ढुङ्गेधाराको अवैध संरचनामा डोजर चलाएको छ । नक्सा पास नगरी बनाइएका ती संरचना शनिबार महानगरले डोजर प्रयोग गरी भत्काउन थालेको हो । बनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ रहेको ‌अनधिकृत घर टहरा महानगरले भत्काउन थालिएको महानगरपालिकाले जानकारी दिएको छ ।

अवैध संरचना भत्काउन महानगरका एसपी राजु पाण्डेकाे नेतृत्वमा टाेली खटिएकाे छ ।

महानगरले यसअघि ३५ दिन भित्र अबैध स‌ंरचना हटाउन निर्देशन दिएको थियो ।