एकैदिन ३२४ जनामा कोरोना पुष्टि, एकको मृत्यु



काठमाडौं । देशभर थप ३२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६७३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ६३ जना र १ हजार ८४२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ६१ जनामा गरि जम्मा ३२४ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४६ हजार ८२९ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय १८ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८० हजार ६६३ पुगेको छ ।

त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण एकको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९९९ रहेका छन् ।

हाल नेपालमा ३ हजार ९४३ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्