मलाई जस्तो दलीय दबाब मेयर बालेन जीलाई हुँदैन : रामकुमारी झाँक्री

0
Shares

काठमाडौं।

नेकपा एकीकृत समाजवादीकी सचिव तथा पूर्व सहरी विकासमन्त्री रामकुमार झाँक्रीले अवैध संरचना हटाउने काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)को कदममा समर्थन जनाएकी छन्। शुक्रबार सामाजिक सञ्जालमा ९ बुँदे सन्देश लेख्दै झाँक्रीले आफू मन्त्री हुँदा माथिल्लो तहको दवावका कारण बागमती करिडोरको संरचना हटाउन नसकेको उल्लेख गर्दै बालेनलाई भने राजनीतिक दबाब झेल्नुपर्ने अवस्था नरहेको बताएकी छन्।

उनले लेखेकेकी छिन्, ‘यसपछि अब पालो हुनेछ उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने। मैले बागमति करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाएईसकेको थिएँ।निर्वाचन आएकोछ यसले नगरौ भन्ने दवाव आयो र स्थगन गर्न पर्यो।स्थानीय चुनावपछि २०७९ जेठ २ गतेबाट फेरी हटाउन सुरू भएको थियो।मेरो कार्यकाल लामो रहेन।मेयर बालेनजी र मैले केही योजना बनाएका थियौं।सुरुम्वासीको नाममा अतिक्रमण भएका स्थानहरूलाई खाली गर्ने कामको पनि केही योजना बनेको छ।मलाई जस्तो दलिय दवाव मेयर बालेन जीलाई हुदैन। I am always with you, behind you. keep it up.ईमान्दार प्रयासहरू सफल हुन्छन।’