पैंचोका नेपाली मौलिक परिकार यसरी पुग्यो अमेरिका


काठमाडौं ।

ग्रामीण क्षेत्रको कृषिजन्य उत्पादनलाई प्रशोधन गरी बिक्री वितरण गर्दै आएको पैंचो पसल प्रालिद्वारा उत्पादित ‘पैचो उत्पादन’ हरु अब संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यमा उपलब्ध हुने भएको छ ।

पैंचोले आफ्नो उत्पादनलाई विश्वभर छरिएर बसेका नेपालीमाझ पुर्याउने उद्देश्यले अमेरिकामा निर्यात सुरुवात गरेको हो । पैंचोका उत्पादन अमेरिका पुर्याउन न्यूयोर्कमा कार्यालय रहेको फेन्सी हाउस इन्कले नेपालको अग्नि एक्जिम प्रालीमार्फत सहकार्य गरेको छ ।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रालिले ‘बसे पनि सहर, गाउँकै खाने रहर’ भन्ने मूल मन्त्रका साथ सुरु भएको पैँचोका उत्पादनप्रति नेपालभरका उपभोक्ताको विश्वास बढ्दो क्रममा रहेको जनाएको छ ।

अर्गानिक र इन्ट्रिग्रेटेड पेस्ट म्यानेजमेन्ट पद्धतिबाट उत्पादित ग्रामीण खाद्यवस्तुको रैथाने स्वादलाई विदेशमा लैजान सुरु गरिएको पैंचो पसल प्रालिका बजार व्यवस्थापक लक्ष्मण गैरेले जानकारी दिनुभयो । पैंचो पसल प्रालिले औद्योगिक प्रशोधन गरी विभिन्न स्वादका अचार, विभिन्न प्रकारका जाम, केचप, सस, टोमेटो प्यूरी, भेनगर उत्पादन गरिरहेको छ ।

यसैगरी परम्परागत खाद्यवस्तु फापरको पीठो, कोदोको पीठो, सिन्की, मस्यौरा तथा जुम्लाको सिमी र पहाडी जिल्लामा उत्पादित मकैको च्याख्लालगायतका जस्ता खाद्य वस्तु उत्पादन गर्दै आएको छ । गुल्मीबाट सुरु भएको पैचो पसलले गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ, प्यूठान, रोल्पा, रुकुम, सल्यान, जुम्ला, कालिकोटलगायतका जिल्लाका किसानले उत्पादन गरेको कृषिजन्य पदार्थलाई खरिद गर्दै आएको छ ।

पैंचोका उत्पादनहरु पनि अग्नि एक्जिममार्फत फेन्सी हाउस इन्कले अमेरिका आयात गरी एक्स्पोर्ट फर्म नेपालमार्फत सबै राज्यमा बिक्री सुरु गरेको छ । यसका लागि पंैचो पसल र फेन्सी हाउस इन्कबीच सहकार्यका लागि सम्झौता भएको छ । फेन्सी हाउस इन्कका निर्देशक अनिल रौनियारले सुरुमा व्यापार प्रवद्र्धनका लागि पैंचोका केही उत्पादन अमेरिक लाँदा अत्यधिक रुचाइएको पनि बताउनुभयोे ।