किक बक्सिङ्गमा नेपाललाई ६ स्वर्ण

0
Shares

काठमाडौं । 

भुटानमा भएको पाँचौं दक्षिण एसियन किकबक्सिङ्ग च्याम्पियनसिपमा नेपाललाई ६ स्वर्ण प्राप्त भएको छ । टोली नेता सो क्योकुसिन कराते संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार शिवानी श्रेष्ठले खुला तौल समूहमा फाइनलमा भुटानकी खेलाडीलाई अंकका आधारमा पराजित गर्दै स्वर्ण हात पारेकी हुन् ।

उनले सम्पूर्ण महिलातर्फ उत्कृष्ट खेलाडीको उपाधिसमेत हात पार्न सफल भएकी छिन् । यही मिति २०७९ भाद्र ४ र ५ गते भएको च्याम्पियनसिपमा ५४ केजी तौलमा स्वर्ण हात पारेका कविन देशारले सम्पूर्ण पुरुषतर्फ उत्कृष्ट खेलाडीको उपाधिसमेत जिते । यसैगरी, ६० केजी तौलमा स्वर्ण हात पारेका भुवन हायुले च्याम्पियनसिपको अनुशासित खेलाडीको ट्रफीसमेत जिते ।

स्वर्ण जितेर नेपाल शान र नाम उच्च राख्न सफल अन्य खेलाडीहरुमा ६२ केजी तौलमा मुकेश लुईटेल, ६४ केजी तौलमा जय राम ब्लोन र ७२ केजी तौलमा दलबहादुर घले रहेका छन् । भुटानको फुएनसोलिगमा भएको च्याम्पियनसिप निन्जा स्पोर्टस् फेडेरेसन र इन्टरनेसनल स्पोर्टस् गेम्स फेडेरेसनको संयुक्त आयोजनामा भएको थियो ।

उक्त च्याम्पियनसिपमा सहभागी भएका ६ जनै खेलाडीले स्वर्ण हात पारेका थिए । यस्तै आयोजकले नेपाललाई सम्मान गर्दै संघका अध्यक्ष राजकुमार श्रेष्ठलाई प्रमुख अतिसथको आतिथ्यता प्रदान गरेको थियो । भुटान गएको टोलीमा प्रशिक्षकमा जगत धामी र टिम ब्यवस्थापकमा कसि कुमारी क्षेत्री रहेका थिए ।