कोरोना संक्रमणका कारण एकैदिन ३ को मृत्यु, कति थपिए सङ्क्रमित ?



काठमाडौँ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनासङ्क्रमणका कारण ३ जनाको मृत्यु भएको छ भने थप ४४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५४ जनाको परीक्षणमा ४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९९६ जनाको पीसीआर परीक्षण गर्दा २११ जना र २ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा २३३ जना गरी ४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३०७ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्