लमजुङमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई फाइजर खोप लगाउन सुरु



लमजुङ।

लमजुङमा आजदेखि बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाउन सुरु भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका आठ वटै स्थानीय तहका ५ वर्षदेखि ११ वर्ष उमेर समूहका बालवालिकालाई खोप लगाउने अभियान सुरु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय लमजुङका अनुसार खोप अभियानका लागि जिल्लाभर ३ सय ७० खोप केन्द्र तोकिएको छ । उक्त खोप केन्द्रमार्फत बालवालिकालाई फाइजर खोपको पहिलो मात्रा लगाइएको छ ।

खोप अभियान अन्तर्गत ७ गते मंगलवार देखि १० गतेसम्म विद्यालयमा खोप सेवा प्रदान गरिनेछ । विद्यालय वाहिर रहेका तथा खोप लगाउन छुटेका बाललवालिकालाई ११ र १२ गते वडावडामा रहेको स्वास्थ्य सस्थामार्फत खोप सेवा प्रदान गरिने जिल्ला स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

स्वास्थ्य कार्यालयका खोप सम्पर्क व्यक्ति यम वरालका अनुसार अभियानमा जिल्लाभरका ५ वर्षदेखि ११ वर्ष तथा १२ वर्ष उमेर नपुगेका १९ हजार ३ सय ३९ जनालाई फाइजर खोपको पहिलो मात्रा लगाउने लक्ष्य रहेको छ । १२ गते सम्म सञ्चालन हुने खोप कार्यक्रमका लागि जिल्लामा १९ हजार ७ सय मात्रा खोप आएको खोप अधिकृत बरालले वताउनुभयो ।

यसैविच बेसीशहर नगरपालिकामा ७ युनिभर्सल एकेडेमिका एक कार्यक्रमका विच खोप अभियानको शुभारम्भ भएको छ । बेसीशहर नगरपालिका प्रमुख गुमान सिंह अर्यालले स्वास्थ्य कर्मीलाई फाइजर खोप प्रदान गरी अभियानको उद्घाटन गर्नुभएको हो । नगरप्रमुख अर्यालले खोप अभियान सञ्चालन भएपश्चार कोरानाका कारण मृत्यु हुनेको संख्यामा कमी भएको उल्लेख गर्नु भयो । यसले संक्रमण जोखिम कम गर्ने भएकाले आफ्नो नानीबाबुहरुलाई समयमै खोप लगाइ कोरोना बाट सुरिक्षत राख्न अभिभावकहरुलाई आग्रह गर्नु भयो ।

बेसीशहर स्वास्थ्य शाखाका अनमि निर्मला खड्काले सञ्चालन भएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख मनोज सिहं बाहोराले खोप अभियानका वारेमा जानकारी गराउनुभएको थियो ।

यसैगरी बेसीशहरकै न्यू इरा बोर्डिङ स्कुलमा बेसीशहर ८ का वडा अध्यक्ष पवित्रा थापा रानाले खोप कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । उहाँले तोकिएको खोप केन्द्रमा गई आफ्ना नानिवावुलाई अनिवार्य खोप लगाउन वडावासीलाई अनुरोध समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्