पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना सङ्क्रमण ,१ को मृत्यु



काठमाडौं ।

देशभर थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७५७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ४३ जना र २ हजार १९२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ९१ जनामा गरी जम्मा ६३४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४५ हजार ५७४ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा ४ हजार २२१ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण एकको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९९४ रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय १७ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७९ हजार ७७४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्