दाङ ।
नेपाल बन्दको मौका छोपेर चालक र सहचालकलेनै टिप्परमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
चालक राप्ती गाउँपालिका-८ पिपरी निवासी ३२ बर्षिय अरुण चौधरी र सह-चालक गढवा गाउँपालिका-७ चन्दनपुर निवासी १७ बर्षिय आकाश चौधरीले आफैंले टिप्परमा आगो लगाएको खुलेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले बताए ।
घटना संकास्पद भएपछी प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । घोराही-लमही सडक खण्डको बबई पुल नजिकै रा १ ख १६९४ नम्बरको टिप्परमा भएको आगजनी संकास्पद भएपछि प्रहरीले दुबैजनलाई नियन्त्रणमा लिएको थियो ।
दुई दिनसम्म गोग्लीको ग्यारेजमा राखिएको टिप्पर बिहानै आगजनी भएको खबर पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । टिप्पर चालकले पाँच-छ जनाको समुहमा आएका बन्दकर्ताले आगजनी गरेको बताएका थिए ।
यता नेकपा दाङका जिल्ला सेक्रेटरी प्रदिप ओलीले टिप्पर आगजनीमा आफूहरुको संलग्नता नरहेको बताए ।
प्रतिक्रिया