फेरि उकालो लग्यो कोरोनाको ग्राफ : एकैदिन ६५८ जनामा पुष्टि



काठमाडौँ।

देशभर थप ६५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३८१ जनाको पीसीआर परीक्षण गर्दा ४०५ जना र ३ हजार २६२ जनाको एन्टिजेन परीक्षण गर्दा २५३ जना गरी कूल ६५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख ४४ हजार ९४० पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । सोही अवधिमा ४५६ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४ हजार २९६ जना सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयका अनुसार हाल ४ हजार १३४ जना होम आइसोलेसनमा रहेका छन् भने १६२ जना संस्थागत आइशोलेशन र ५० जना आईसीयूमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्