कोरोना सङ्क्रमणबाट थप २ जनाको मृत्यु, कति थपिए सङ्क्रमित ?



काठमाडौँ।

नेपालमा कोरोना सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । योसँगै हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९९२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ३३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १८० तथा एन्टिजेन विधिबाट ११९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ६२५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ५७७ जनासङ्क्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ६२५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्