पदाधिकारी टुंग्याउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

0
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक बस्ने भएको छ । आज (शनिबार) दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।

बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जनाकार दिए ।

हिजो (शुक्रबार) पदाधिकारी टुंगो लगाउन बसेकोले बैठक निष्कर्षविहीन भएको थियो । बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिन नसकेपछि आज पुनः बस्ने भएका छ ।

आजको बैठकले पदाधिकारी टुंग्याउने प्रवक्ता महराले बताए ।