बहुमतले पारित भएको नागरिकता विधेयकले राष्ट्रियतालाई बलियो बनाउँछ : गृहमन्त्री खाण

0
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले बिहीबार प्रतिनिधि सभाबाट बहुमतले पारित भएको नागरिकता ऐनको सशोधन विधेयकले राष्ट्रियतालाई बलियो बनाउने बताउनु भएको छ ।

श्री कृष्ण जन्माअष्टमीको अवसरमा काठमाडौंमा आयोजित चैतन्य झाकी प्रवचन कार्यक्रममा गृहमन्त्री खाणले नागरिकता नपाएका नेपाली नागरिकता भएका आमा बाबुका नागरिकता पाउन नसकेका छोराछोरीलाई नागरिकता दिलाउन ल्याइएको विधेयकले राष्ट्रियता बलियो बनाउने बताउनु भयो ।

वि स २०७२ सालमा संविधान बनेपछि कानुन बनाउन नसक्दा नागरिकता पाउन नसकिएका युवाहरूलाई नागरिकता दिने उद्धेश्यसहित विधेयक ल्याउन लागिएको उहाँले बताउनुभयो ।

नेपाली नागरिकता भएका बाबू आमाका छोराछोरीलाई नेपाली नागरिकता दिनु पर्ने थियो तर, २०७२ सालमा संविधान जारी भएपछि कानुन बनाउन नसकिएकाले नागरिकता दिन सकिएको थिएन ।

अहिले सरकारले नागरिकता पाउन नसकेका नेपाली बाबू आमाका छोराछोरीलाई नमगरिकता दिन विधेयक अगाडि बढाएको हो गृहमन्त्री खाणले भन्नुभयो ।

विधेयकमा सबैले साथ दिनु पर्नेमा निर्वाचन नजिकिएकाले केही साथीहरूले विधेयकमा भएका भन्दा पनि नभएका विषय सम्प्रेषण गरेको उहाँको भनाइ थियो ।