निर्वाचन पश्चात् बाबुरामसँग पार्टी एकता हुन्छ : प्रचण्ड

0
Shares

गोरखा । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन पश्चात् डा.बाबुराम भट्टराईसँग एकता हुने बताएका छन् ।

प्रचण्डले नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराई नेतृत्वको पार्टी नेपाल समाजवादी पार्टीसँग माओवादी केन्द्रको एकता हुने बताएका हुन् ।

आज (शुक्रबार) गोरखा संग्रहालयभित्र आज पार्टीले गरेको कार्यक्रममा बोल्दै उनले भट्टराईसँग निर्वाचन पश्चात् पार्टी एकता हुने बताएका छन् । प्रचण्ड जेसिजको सम्मेलन उद्घाटन गर्न गोरखा पुगेका थिए ।

उनले पत्रकारहरूसँग कुराकानी गर्दै बाबुराम भट्टराई माओवादीकै चुनाव चिन्हमा चुनाव लड्ने बताएका थिए । चुनावपछि नेपाल समाजवादी पार्टीसँग एकताको सम्भावना रहेको प्रचण्डको भनाइ थियो ।