थप ६२३ जनामा कोरोना पुष्टि, ४८७ जना निको



काठमाडौँ।

देशभर थप ६२३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६२१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ४६ जना र ३ हजार ३२४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ७७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४३ हजार ६९७ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ५ हजार नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ५ हजार २४ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण कुनैको पनि मृत्यु भने भएको छैन । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९९० रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ८७ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७७ हजार ८४५ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्