१ सय १४ जना कलेजका विधार्थी कारबाहीमा

0
Shares

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आईरहेको विशेष चेकिङ अभियान अन्तर्गरत आज १ सय १४ जनाचालकहरु कारबाहीमा परेका छन् ।

कलेजका बिधार्थीहरुको सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले गरेको चेकजाँचका क्रममा उनीहरु कारबाहीमा परेका हुन् ।

कारबाही पर्नेमा सवारी चालक अनुमतीपत्र प्राप्त नगरी सवारी साधन चलाउने ४८ जना, आवश्यक कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ४२ जना, लापर्बाही गरी सवारी साधन चलाउने ११ जना, तीव्र गतिमा सवारी साधन चलाउने ८ जना, हेलमेट नलगाउने ३ जना, दुईपाङ्ग्रे सवारी साधनमा ३ जना सवार २ जना चालकहरू कारवाहीमा परेको प्रहरीले जनाएको छ ।