माओवादी केन्द्रले पदाधिकारी बिहीबार टुंग्याउँदै

0
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का पदाधिकारीको टुंगो बिहीबार लाग्ने भएको छ ।

पार्टीको जारी स्थायी समिति बैठकले बिहीबार पदाधिकारीको टुंगो लगाउने प्रवक्ता कृष्णबहादुर महराले बताए ।

सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता महराले ‘पदाधिकारी टुंग्याउने कार्य आजदेखि सुरु भएको र भोलि बिहान ८ बजेसम्म सबै टुंगो लाग्ने बताए ।