हराएका २५ सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

0
Shares

काठमाडौं । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका २५ वटा दुईपाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

उक्त प्रहरी कार्यालयले एक कार्यक्रमको आयोजना गरी १६ ओटा मोटरसाइकल र ९ ओटा स्कुटर सम्बन्धित धनीहरुलाई हस्तान्तरण गरेको हो ।

उपत्यका र उपत्यका आसपासको ईलाकामा बिशेष सूचना संकलन गरी अपरेसनमा गई मोटरसाइकल तथा स्कुटरहरु बरामद गरी चोरीमा संलग्नहरुलाई समेत पक्राउ गरी आवश्यक कारबाहीका लागी विभिन्न प्रहरी कार्यालयहरुमा पठाउने गरेको प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।