नागरिकता विधेयकमा राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्नुभयो, आक्रोशित हुन जरूरी छैन : महामन्त्री थापा


काठमाडौँ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गर्नु संवैधानिक अधिकार भएको बताएका छन्।

आजदेखि सुरू भएको कांग्रेस स्थानीय जनप्रतिनिधिको प्रशिक्षणमा पुगेका थापाले संवाददाताहरूसँग कुरा गर्दै कुनै विधेयक पुनर्विचार गर्न आवश्यक लागे राष्ट्रपतिले संसदमा फिर्ता पठाउन सक्ने संवैधानिक व्यवस्था भएकाले यसमा आक्रोश व्यक्त गर्नु जरूरी नरहेको बताएका हुन्।

‘राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्नुभयो। हामीले त्यसको अध्ययन गर्न बाँकी छ,’ थापाले भने।

राष्ट्रपति भण्डारीले आइतबार नागरिकतासम्बन्धी विधेयक संसदमा फिर्ता पठाइदिएकी थिइन्।