माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित


काठमाडौं ।

नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ ।

सत्ता गठबन्धनको कार्यदल बैठक र अन्य केही गृहकार्यमा नेताहरु व्यस्त हुँदा बैठक स्थगित भएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ। स्रोतका अनुसार बैठक मंगलबार (भोलि) बिहान ८ बजे बस्ने छ ।

स्थायी समिति बैठकले चुनावी कार्यक्रम तय गर्ने, नेताहरुको कार्यविभाजन गर्ने र पदाधिकारी चयन समेत गर्न सक्ने बताइएको छ।