कांग्रेस नेता शेखर गुटको बैठक बस्दै

0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापा गुटको बैठक बस्ने भएको छ । आज (शनिबार) उक्त गुटको बैठक दिउँसो बस्ने भएको हो ।

सभापति शेरबहादुर देउवाले पार्टीको कामकारबाही र निर्णय आफू खुसी गरेको भन्दै शेखर गगन गुट असन्तुष्ट बन्दै आएको छ । यसविरुद्ध आफ्नो गुटको रणनीति बनाउन सो समूह बैठक बस्ने बताइएको छ ।

दिउँसो बस्ने बैठकमा शेखर गगन गुट निकटका पदाधिकारी, नेता तथा केन्द्रीय सदस्यहरुलाई बोलाएको छ । सभापति देउवाले ५ भ्रातृ संस्थाको नेतृत्व चयन गर्दा सो समूहलाई समेटेका छैनन् ।

देउवा निरन्तर अहिलेकै शैलीमा अघि बढे समानान्तर गतिविधि गर्ने मनस्थितिमा शेखर गगन गुट रहेको छ ।