माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

0
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक शुरु भएको छ । आज (शनिबार) पार्टी कार्यालय पेरिसडाँडामा विहान ११ः४५ बजेबाट शुरु  भएको हो ।

उक्त बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जापान भ्रमण, चुनावी तयारी र सत्ता गठबन्धनबीच चुनावी भागवण्डाको विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।

बैठकमा सत्तासाझेदार दलहरुसँग चुनावी भागबण्डाको सहमति जुटाउनका लागि छलफल हुने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

गठबन्धनको कार्यदलले खोजेको सहमतिका आधारबारे दलहरुमा आन्तरिक छलफल शुरु भएको महराले जनाए ।