थप ७८१ जनामा कोरोना पुष्टि, दुईको मृत्यु



काठमाडौं ।

देशभर थप ७८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २९० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय १९ जना र २ हजार ४२२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ६२ जनामा गरी जम्मा ७८१ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३९ हजार २२६ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ५ सय ११ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७४ हजार ८०६ पुगेको छ ।

त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण २ संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९८४ रहेका छन् ।

हाल देशभर ५ हजार ७७५ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्