नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्सको अध्यक्षमा पोखरेल

0
Shares

काठमाडौं । विज्ञान पत्रकारितामा क्रियाशील पत्रकारहरुको संस्था नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्स (एनएफएसजे)को अध्यक्षमा राजन पोखरेल चयनभएका छन् ।

राजधानीमा सम्पन्न एनएफएसजेको नवौं वार्षिक साधारण सभाले पोखरेललाई अध्यक्षमाचयन गरेको हो । करिब दुई दशकदेखि पत्रकारितामा क्रियाशील पोखरेल अंग्रेजी दैनिक दि हिमालयन टाइम्सका एक्टिङ एडिटर हुन् ।

एनएफएसजेको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः मधुसुधन गुरागाईं, गोविन्द पोखरेल र बालिका मादेन चुनिएका छन् ।