चीन नीतिप्रति नेपालको दृढ प्रतिवद्धता रहेको विश्वास दिलाएँ : मन्त्री खड्का

0
Shares

काठमाडौं । चीनको तीनदिने भ्रमण सकेर आज स्वदेश फर्केका परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीन भ्रमणका क्रममाआफूले एक चीननीतिप्रति नेपालको दृढ प्रतिवद्धता रहेको विश्वास दिलाएको बताउनुभयो ।

मन्त्री खड्काले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा नेपालको भूमि चीनविरुद्ध प्रयोग हुननदिने विश्वास दिलाएको जिकिर गर्दै प्रेस विज्ञप्तिमा भन्नुभएको छ– ‘मैले मेरो समकक्षीलाई एक चीननीतिप्रति नेपाल दृढ प्रतिबद्ध रहेको बताउँदै हाम्रो भूमि चीनविरुद्ध प्रयोग हुननदिने कुरामा विश्वास दिलाएको छु ।’ विज्ञप्तिमा चिनियाँ विदेशमन्त्री यीले पनि नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता तथा भौगोलिक अखण्डताप्रति चीनको निरन्तर र निःशर्त समर्थन रहेको बताएको उल्लेख छ ।

विज्ञप्तिमा चिनियाँ शहर चिन्दाओमा भएको प्रतिनिधिमण्डल स्तरीय वार्तामा द्विपक्षीयव्यापार, सम्पर्क सञ्जाल, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, कृषि, प्रकोप व्यवस्थापन, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमाथप सहयोग प्रवद्र्धन गर्न दुवै पक्ष सहमत भएको उल्लेख छ ।

यसअघि चीनमा रहेको नेपाली दूताबासले दुई देशका विदेश मन्त्रीबीच नेपाल–चीन सीमा निरीक्षण समितिको काम अघि बढाउन द्विपक्षीय प्राविधिक समिति बनाउने तथा दुई देशबाट भएकाउ च्चस्तरीय भ्रमणका क्रममा भएका सहमतिहरू समयमै कार्यान्वयन गर्ने सहमति भएको जनाएको थियो ।

त्यस्तै चिनियाँ टोलीले काठमाडौं चक्रपथविस्तार परियोजना निर्माण तत्काल थाल्ने र केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागिअनुदान सहायता दिने, नेपाल–चीनअन्तर सीमाप्रशारण लाइनको पूर्व सम्भाव्यताअध्ययनमा सहयोग गर्ने सहमति भएको पनि नेपाली दूतावासले जनाएको थियो ।