कोभिडका कारण एकै दिन पाँचको मृत्यु, पछिल्लो पाँच महिना यताकै उच्च क्षति



काठमाडौं । कोरोना संक्रमणप्रति नागरिक स्तरमा बेवास्ता बढिरहेका बेला एकै दिन पाँचव्यक्तिले ज्यान गुमाएका छन् । स्वास्थ्यमन्त्रालयको तथ्यांकअनुसार गत पाँच महिनायताको यो ठूलो क्षति हो ।

गत फागुन १ गते एकै दिन १० जनाको निधन भएपछि मृत्युको संख्या घट्दै गएको र बीचमा लामो समय जीवनको क्षति शून्यमा झरेको अवस्था थियो ।

मन्त्रालयले बिहीबार २४ घण्टाको तथ्यांक सार्वजनिक गर्ने क्रममा ४ हजार ५ सय ३४ जनाको परीक्षण गरिएकोमा ८ सय १५ जना कोरोना संक्रमित थपिएका छन् ।

बिहीबार ४ सय ७६ जना कोरोना संक्रमणलाई जितेर अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्यमन्त्रालयले जनाएको छ । चौथो चरणको कोरोना संक्रमणबाट ५ हजार ८ सय ६९ जना सक्रिय संक्रमित भएका छन् । कोरोनाकै कारण नेपालमा साढे २ वर्षको अवधिमा ११ हजार ९ सय ८२ जनाको मृत्यु भइसकेको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमको जोखिम अवस्था घोषणा गर्दै विश्वव्यापीरूपमा सतर्कता अपनाउन र खोपलाई निरन्तरता दिन निर्देशन दिएको छ ।

नेपालमा खोप छ तर लगाउने मान्छे तयार नभएको अवस्था आउनुलाई सबै स्थानीय तहबाट जनचेतनामूलक कार्यक्रमलाई अघि बढाई खोपलाई नै जोड दिनुको विकल्पन भएको विश्व स्वास्थ्य संगठनको भनाइ छ ।

नेपालमा चौथो चरणमा कोभिड भएर मृत्यु हुनेको संख्याको कुल मृत्युमध्ये ७५ प्रतिशतले कोभिडविरुद्धको बुस्टरडोज खोप नलगाएको पाइएकाले सबैलाई बुस्टरडोज खोप लगाउन स्वास्थ्यतथा जनसंख्यामन्त्रालयले आग्रह गरेको छ ।

पछिल्लो समय कोभिडका कारण मृत्यु हुनेमा एक जना ६० वर्षमाथिकाबाहेक अन्य सबै २१ वर्षदेखि ६० वर्षमुनिका रहेकाले यो समूह खोपमा सक्रिय हुनुपर्ने जनाइएको छ ।

नेपालमा हालसम्म ६ करोड १७ लाख ७६ हजार ७ सय ७० मात्राखोप भित्रिएको र ४ करोड ९९ लाख ५२ हजार १ सय २८ मात्रामात्रखोप लगाइएको स्वास्थ्यमन्त्रालयले बिहीबार जारी गरेको सूचनामा उल्लेख गरिएकोछ ।

हालसम्म नेपालमा कुल जनसंख्यामा ७० प्रतिशतले मात्र दुई मात्राखोप लगाएका छन् भने अतिरिक्तमात्रा २५ प्रतिशतले मात्र लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्