एमाले अध्यक्ष ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन

0
Shares

काठमाडौं । आगामी मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनमा नेकपा (एमाले)ले निर्वाचन परिचालन कमिटी गठन गरेको छ । आज (बिहीबार) केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा उक्त कमिटी गठन गरेको हो ।

निर्वाचन परिचालन कमिटीमा केन्द्रीय सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी, केन्द्रीय निकाय र आयोगका पदाधिकारी, जनसंगठनका अध्यक्ष र महासचिव र विभागका सचिव रहनेछ ।

संघ र प्रदेशको निर्वाचनका लागि घोषणापत्र मस्यौदा कमिटी पनि गठन गरेको छ । मस्यौदा कमिटीमा उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल रहने एमालेले बताएको छ ।