प्रदीप ज्ञवालीको प्रश्न : कामचलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ ?

0
Shares

काठमाडौँ ।

नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले निर्वाचन घोषणापछि सरकार कामचलाउ भएको भन्दै सरकारले सदनलाई बिजनेस दिन नमिल्ने बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद ज्ञवालीले निर्वाचन घोषणा हुनु संवैधानिक विषय भएको र निर्वाचन घोषणालगत्तै कामचलाउमा परिणत भएको सरकारले नियमित जसरी अगाडि बढ्न नहुने बताए ।

‘निर्वाचन मिति घोषणा गरेपछि सरकार कामचलाउमा रूपान्तरित भयो। तर हामी सदन चलाइरहेका छौं,’ उनले भने, ‘कामचलाउ सरकारले सदनलाई बिजनेश दिन मिल्छ र सभामुख महोदय?’

सकरकारले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन आगामी मंसिर ४ मा गर्ने घोषणा गरेको थियो।