कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई मतदान गर्न दिने आयोगको तयारी

0
Shares

काठमाडौं । सरकारी कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र देशका विभिन्न ठाउँमा रहेका कैदीबन्दीलाई पनि मतदान गर्न दिने निर्वाचन आयोगले तयारी गरेको छ । मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा उनीहरुलाई मतदान गर्न दिने आयोगले तयारी गरेको हो ।

उनीहरुलाई अस्थायी मतदाताको रुपमा मतदान गर्न दिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आश्वासन दिएका छन् । तर, उनीहरुले समानुपातिक निर्वाचन पद्धतितर्फ मात्र मतदान गर्न पाउने बताइएको छ ।

बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, र कैदीबन्दीले मतदान गर्न पाएका थिएनन् ।