अमेरिकी डलर, अवैध हतियार र सुनसहित दुईजना पक्राउ

0
Shares

धादिङ । अमेरिकी डलर, अवैध हतियार र सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । स्रोत नखुलेको अमेरिकी डलर, अवैध हतियार (पेस्तोल) र सुनजस्तो देखिने पहेँलो धातुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उत्तरी धादिङ खनियाबास गाउँपालिका–४ निवासी द्वेय बेगबहादुर तामाङ ‘बेगे’ र शोभा तामाङ रहेको प्रहरीले जनाएको छ । मंगलबार लपाङफेदीबाट धादिङबेसी आउँदै गरेकाे गाडीबाट बेगेसँगै शोभा पनि पक्राउ परेकी छन् ।

उनीहरुको साथबाट एक किलोग्राम सुनजस्तो देखिने पहेँलो धातु र अमेरिक डलरसहित १ थान पेस्तोलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका अभियुक्त द्वेयलाई हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा मुद्दा चलाइने प्रहरी निरीक्षक रञ्जन अवाले बताए ।