क्यालिफोर्नियाका विधायकद्वारा वैज्ञानिक डा.महावीर पुन सम्मानित



कठमाडौं । क्यालिफोर्निया राज्यका विधायकले नेपालका वैज्ञानिक डा.महावीर पुनलाई सम्मान गरेका छन् । विधायक एलेक्स लीका अफ्फसि डाइरेक्टर अनुराग पालले वैज्ञानिक पुनलाई सम्मान गरेका हुन् ।

नेपालको दूरदराजको गाउँमा वाएरलेस नेटवर्क विस्तारमा योगदान पुर्याएको भन्दै विधायक एलेक्स लीका अफÞ्फÞिस डाइरेक्टर पालले वैज्ञानिक डा.महावीर पुनलालाई सम्मान गरेका छन् ।

डा.पुनले सम्मान ग्रहण गर्दै राष्ट्रिय आविष्कार केन्द्रको स्थापना र यसले गरेका कामको बारेमा नेपालीहरुलाई जानकारी गराएका थिए । संसारका विकसित मुलुकहरुले इनोभेसनमार्फत नै विकास गरेको र विकसित मुलुकको दर्जामा पुर्याएको भन्दै नेपालमा सरकारी निकायबाटै आविष्कारलाई उपेक्षा गरिएको बताए ।

ईश्वी संवत् २०१७ देखि सरकारी ओहोदा पदस्थ व्यक्तिहरुलाई आविष्कार केन्द्रको बारेमा भन्न छोडिदिएको बताए । इनोभेसन नेपालको राजनीतिज्ञ र प्रशासनिक अधिकारीको संस्कारमा नै नभएको गुनासो गरे । संसारका नेपालीलरुले विभिन्न माध्यमबाट आविष्कार केन्द्रमा जोडिन सक्ने बताउँदै इच्छाशक्ति भएका युवाशक्ति र उनीहरुको आइडिया आवश्यक रहेको र त्यसवाट मात्र देशको विकास संभव भएको उनले बताए ।

त्यस्तै सम्मान कार्यक्रममा मदरल्याण्ड नेपालका संस्थापक अध्यक्ष अनिल पाण्डेले नेपालको दूरजराजका गाउँहरुमा इन्टरनेट विस्तारमा गरेको भन्दै डा. पुनको प्रशंसा गरे । युनिभर्सिटी अफ स्यानफ्रयान्सिस्कोका सहप्राध्यापक डा.टीका लम्सालले पुन जस्तो वैज्ञानिक नेपालका लागि गौरव भएको बताए । उनले संसारभर छरिएर रहेका नेपालीको लागि डा.पुन उदाहरणिय पात्र बनेको भन्दै प्रशंसा गरे ।

क्यालिफोर्निया राज्यका विधायक एलेक्स लीका अफ्फसि डाइरेक्टर अनुराग पालले नेपालको दूरदराजका गाउँहरुमा वाएरलेस नेटवर्क विस्तारमा वैज्ञानिक डा.महावीर पुनले पुर्याएको योगदानको कदर गदै सम्मान गरेका छन् ।

उक्त कार्याक्रममार्फत डा.पुनसँगै नेपाली समुदायका अग्रज ब्यक्ति समाजसेवी नारायण सोमनामी पनि क्यालिफोर्निया राज्यका विधायक एलेक्सवाट सम्मानित भएका छन् ।

लामो समयदेखि समाजसेवामा सकृय रहेका सोमनामीले राज्यका विधायकवाट सम्मान पाउनु आफ्नो लागि मात्र नभएर नेपाली समुदायको लागि पनि खुशीको विषय भएको प्रतिक्रिया दिएका छन् । समाजमा निस्वार्थ काम गर्दा यहाँको राज्यले पनि रिकक्गजाइज्ड गरेका बताउँदै सोमनामीले भने मलाई यो सम्मान पाउछु भन्ने लागेकै थिएन । शान्तारोजा र आसपासमा नेपाली रेष्टुरेष्ट संचालन गरि नेपाललाई परिचित गराउन सफल ब्यापसायी सोमनामी एनआरएनए अमेरिकाका सल्लाहकार समेत हुन् ।

अमेरिका भ्रमणमा रहेका नेपालका राट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं बैज्ञानिक महावीर पुन र सिलिकन भ्याली वरपर रहेका नेपाली समुदायबीच स्यानहोजेस्थित एभरेष्ट क्यूजिनमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आजै डा.पुनले स्याण्डफोर्ड युनिभर्सिटीमा आयोजना गरिएको कार्यक्रममा पनि राष्ट्रिय आविष्कार केन्द्र र यसका आगामी योजनाहरुको वारेमा त्यहाँका विद्यार्थी एवं प्राध्यापकहरुसँग अन्तरक्रिया गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्