मोरङमा १७ वर्षीया किशोरी बलात्कृत


मोरङ।

मोरङमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

उनलाई बलात्कार गरेको अभियोगमा जहदा गाउँपालिका–३ हातिबन्दा बस्ने २३ वर्षीय सुमन राजवंशीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सुमनले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।