मापसे गरेर विद्यालय जाने प्रधानाध्यापकलाई १ हजार जरिवाना

0
Shares

जाजरकोट ।

मादक पदार्थ सेवन गरेर विद्यालय पुग्ने क्रममा पक्राउ परेका हेडमास्टर पक्राउ एक हजार रुपैयाँ धरौटी तिरे पछि मात्रै घर फर्किन पाएका छन ।जाजरकोटको सदरमुकाम खलंगास्थित त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक (हेडमास्टर) भक्तबहादुर मल्ल मदिरा सेवन गरी विद्यालय पुगेको खबर बिद्यार्थीहरुले दिएलगत्तै प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका उनको मेडिकल चेकजाँचका क्रममा मापसे गरेको पाइएको पुष्टी भए पछि कारबाहीका लागि प्रहरीले जिल्ला प्रशासन कार्यालय, जाजरकोटमा पठाएको थियो । मादक पदार्थ सेवन गरेर विद्यालय पुगेका हेडमास्टर मल्ललाई दोषी ठहर गर्दै प्रशासनले एक हजार रुपैयाँ धरौटी तिराएर घर फिर्ता पठाएको हो ।

प्रहरी निरीक्षक पुष्करराज पन्तका अनुसार १ हजार रुपैयाँ धरौटी तिराएर छाडिएको उनलाई विद्यालमा हाजिरी गर्न नलगाई घर फिर्ता गरिएको हो । सो क्रममा मादक पदार्थ सेवन गरी अब देखी विद्यालयमा प्रवेश नगर्न पनि प्रधानाध्यापक मल्ललाई सचेतसमेत गराईएको छ ।