आजबाट राहादानीको अनलाइन आवेदन सुरू



काठमाडौं ।

राहादानी विभागले ई–पासपोर्टको अनलाइन आवेदन आज बिहान ११ बजेदेखि नै खुल्ने भएको छ।  राहदानी विभागले यसअघि साँझ साढे ४ बजेपछि खुलाउँदै आएकोमा आज देखि भने बिहान ११ बजेबाट नै खुलाउन लागेको हो ।

विभागले सोमबार सूचना जारी गरी उक्त जानकारी दिएको हो । विभागले हाल दुई हजार चार सय जनाको प्रि–इनरोलमेन्ट खुलाउँदै आएकोमा अब कोटा पनि बढाउने तयारी गरेको छ । प्रि–इनरोलमेन्ट गरिसकेपछि प्राप्त मितिमा राहदानीका लागि विभागमा पुग्‍नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्