काभ्रेस्थली घटना अपडेट : प्रहरीले फेला पार्‍याे ४ पेजको ‘सुसाइड नोट’

आफन्तलाई म्यासेजपछि हत्या

0
Shares

काठमाडौं ।

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको बीभत्स हत्या भएको छ । तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीका दिनेश पाण्डेसहित चार जनाको बीभत्स हत्या भएको प्रहरीले जनाएको छ ।

उपत्यका अनुसन्धान कार्यालयका एक प्रहरी अधिकारीका अनुसार पाण्डे, उनकी श्रीमती सुनिता पाण्डे, छोरी आशिका र ११ वर्षका छोरा आशिकको हत्या भएको हो ।

दिनेश पाण्डे परिवारकै बीभत्स हत्या भएको घटनास्थलबाट प्रहरीले ‘सुसाइड नोट’ पनि भेट्टाएको छ  । प्रहरीका अनुसार ‘सुसाइड नोट’ बाहेक दिनेशले केही आफन्तलाई समेत श्रीमतीसँगकाे  विवादको विषयमा म्यासेजसमेत गरेको खुलेको छ ।

प्रहरीका अनुसार सुनिता केही समयपछि विदेश जाने तयारीमा थिइन् । उनी बेलायत जाने अन्तिम तयारीमासमेत रहेको खुलेको छ । उनको बेलायतको भिसासमेत आइसकेको प्रहरीले जनाएको छ । दिनेशले परिवारकै हत्यापछि आफूले आत्महत्या गरेको आशंका प्रहरीको छ ।