काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेला


काठमाडौँ।

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेला परेका छन् ।

तारकेश्वर नगरपालिका -२ स्थित पदमसाल हाइटमा सोमबार बिहान एकै परिवारका चार जना मृत फेला परेका हुन्।

मृत फेला पर्नेमा ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३८ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय छोरा आशिक पाण्डे रहेको काठमाडौंका प्रहरी प्रमुख भरत बोहराले जानकारी दिए।

अहिले उपत्यका प्रहरी अपराध महाशाखा र काठमाडौं परिसरको टोली घटनास्थलमा पुगेको छ।