स्थानिय तह निर्वाचनमा दुई करोड ८२ लाख भन्दा बढी रकम खर्च



लमजुङ ।

गत बैसाखमा सम्पन्न स्थानिय तह निर्वाचनमा लमजुङमा दुई करोड ८२ लाख भन्दा बढि रकम खर्च भएको छ । मुख्य निर्वाचन अधिकृतिको कार्यालयसहित जिल्लाको आठवटै थानिय तहमा स्थापन भएको निर्वाचन अधिकृतको कार्यालय मार्फत दुईकरोड ८२ लाख ५३ हजार ६८ रुपैया खर्च भएको हो ।

निर्वाचनका लागि दुई करोड ९७ लाख पाँचहजार चारसय ८८ रुपैया रकम आएकोमा १४ लाख ५२ हजार चारसय २० रुपैया बाँकी रहेको छ । स्थानिय तहको निर्वाचन खर्चका लागि आएको रकम मध्ये ९५ प्रतिशत रकम खर्च भएको जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक अमृत बगालेले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्वाचनका लागि सवैभन्दा धेरै रकम बेसीशहरमा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयका लागि आएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएको एक करोड ७४ लाख ९९ हजार चारसय ५० रुपैया मध्ये एक करोड ६० लाख ५० हजार एकसय २९ रुपैया खर्च भएको कोलेनिकाको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी जिल्लाको मध्यनेपाल नगरपालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयका लागि १८ लाख ८२ हजार एकसय ७२ रुपैया आएकोमा १८ लाख ८२ हजार एकसय ७० रुपैया खर्च भएको प्रतिवेदनमा उल्लेख छ । राईनास नगरपालिका निर्वाचन अधिकृतको कार्यालयमा १८ लाख ६१ हजार तीनसय ७२ हजार रुपैया आएकोमा १८ लाख ६१ हजार दुईसय ९८ रुपैया ९९ पैसा खर्च भएको उल्लेख छ ।

त्यस्तै सुन्दरवजार नगरपालिका निर्वाचन अधिकृतको कार्यालयका लागि १९ लाख २७ हजार एकसय ५० रुपैया आएकोमा १९ लाख २६ हजार पाँचसय ९० रुपैया खर्च भएको छ । गाउँपालिका तर्फ क्होलासोँथार गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयका लागि आएको १३ लाख ६७ हजार आठसय रुपैया मध्ये १३ लाख ६७ हजार तीनसय ३२ रुपैया खर्च भएको छ ।

त्यस्तै दुधपोखरी गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयका लागि १४ लाख ९३ हजार ६ सय २२ रुपैया आएकोमा १४ लाख ९२ हजार ६ सय ३३ रुपैया खर्च भएको छ । दोर्दी गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयका लागि १५ लाख ७० हजार दुईसय ७२ रुपैया आएकोमा १५ लाख ६९ हजार तीनसय पाँच रुपैया खर्च भएको छ भने मस्र्याङदी गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयका लागि २१ लाख तीनहजार ६ सय ५० रुपैया आएकोमा २१ लाख तीनहजार ६ सय ११ रुपैया ४० पैसा खर्च भएको कोलेनिकाको तथ्याँकमा उल्लेख छ ।

खर्च हुन नसकेको रकम मध्ये मुख्य निर्वाचन अधिकृतको कार्यालय बेसीशहरको १४ लाख ४९ हजार तीनसय २१ रुपैया रहेको छ । सो बाहेक मध्यनेपाल निर्वाचन अधिकृतको कार्यालयले दुई रुपैया मात्रै खर्च गर्न नसकेको जनाएको छ भने राईनासले ७४ रुपैया, सुन्दरवजारले पाँचसय ६० रुपैया मात्रै खर्च हुन नसकेको जनाएको छ ।

त्यसैगरी गाउँपालिका अन्तर्गतका निर्वाचन अधिकृतको कार्यालयतर्फ क्होलासोँथारले चारसय ६८ रुपैया, दुधपोखरीले तर्फ नौसय ८९ रुपैया, दोर्दीले नौसय ६७ रुपैया र मस्र्याङदी गाउँपालिकाले ३८ रुपैया खर्च हुन नसकेको जनाएका छन् । स्थानिय तह निर्वाचनमा निर्वाचन अधिकृतको कार्यालय मार्फत भएका खर्च विवरण आएपनि जिल्ला निर्वाचन कार्यालय मार्फत भएका खर्च विवरण भने अझै प्राप्त हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्