पत्रकार राष्ट्रिय दबूको चितवनको अध्यक्षमा अनुज जोशी


चितवन ।

नेवाः पत्रकार राष्ट्रिय दबू चितवन शाखाको छैटौँ वार्षिक साधारण सभा एवं तेस्रो अधिवेशनले अनुज जोशी अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा निवर्तमान अध्यक्षमा कमलमान श्रेष्ठ,सिर्जना ताम्राकार, सचिवमा सुनिलकुमार श्रेष्ठ, कोषाध्यक्षमा राजु श्रेष्ठ र सहसचिवमा विनिता श्रेष्ठ रहनुभएको छ ।

त्यस्तै सदस्यहरू भने मनिषा श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, निरूता श्रेष्ठ र उमेश श्रेष्ठ हुनुहुन्छ । निर्वाचन कमिटीका संयोजक पत्रकार राष्ट्रिय दबुया संस्थापक अध्यक्ष श्रीकृष्ण महर्जन र पत्रकार राष्ट्रिय दबूका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले निर्वाचित हुनु भएका पदाधिकारी तथा सदस्यहरुलाई खादा तथा अबिर लगाइ दिनुभयो ।

यस अघि सभामा चितवन जिल्लालाई केन्द्रबिन्दु बनाई पत्रकारिता गरिरहेका स्वास्थ्य क्षेत्रमा कार्यरत अग्रज व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।
पत्रकारितातर्फ नेपाल पत्रकार महासंघ चितवनका संस्थापक एवम् पूर्व अध्यक्ष महेन्द्रराज श्रेष्ठ, शाखाका पूर्वअध्यक्ष अमरदेव प्रधान र नेवा पत्रकार राष्ट्रिय दबूका केन्द्रीय उपाध्यक्ष एवम् नेपाल आदिवासी जनजाति पत्रकार महासंघ चितवनका निवर्तमान अध्यक्ष सन्दीपकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो ।

त्यस्तै स्वास्थ्यतर्फ वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्रा. डा. अर्जुन श्रेष्ठ,वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा. वरुण श्रेष्ठ, वरिष्ठ क्यान्सर सर्जन प्रा.डा. भक्तमान श्रेष्ठ, जनरल तथा ल्याप्रोस्कोपिक डा. सुर्यज्योती श्रेष्ठलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुलाई पत्रकार राष्ट्रिय दबूका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले सम्मानपत्र प्रदान गर्नुभयो ।