वाह ! अलैंची अभियान शुरू

0
Shares

काठमाडौं  ।

नेपाल अलैंची व्यवसायी महासंघले कृषि मन्त्रालय, प्रदेश १ र स्विस सरकार विकास सहयोग (एसडीसी) को सहयोगमा वाह ! अलैंची अभियान शुभारम्भ गरेको छ ।

होटल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा शुरू यो अभियान घरेलु तथा व्यावसायिक उपभोक्तामा नेपाली अलैंचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्न केन्द्रित रहेको छ ।

यो अभियानले नेपाली अलैंचीको परम्परागत मूल्य र नेपाली परिकारमा यसको प्रयोगलाई महत्वपूर्ण सामग्रीका रूपमा बढाउने मात्र नभई आर्थिक गतिविधिहरू समेत बढाउनेछ। बेलायतको रियालिटी कुकरी टिभीशृंखला बीबीसी मास्टर सेफका विजेता सन्तोष शाह, वाह ! अलैंची अभियानको ब्रान्ड एम्बेसेडर बनेका छन् ।

नेपाली अलैंचीलाई घरेलु बजारमा प्रवर्धन गर्न विशेष परिकार रेसिपीहररू पनि तयार गर्नेछन् । साथै, यो अभियानले युवा आकांक्षी प्रशिक्षार्थीहरू र सेफहरूलाई आफ्नो पाककलामा अभिवृद्धि गर्न र नेपाली अलैंचीलाई नयाँ तरिकाले प्रयोग गर्न मञ्च पनि प्रदान गर्नेछ ।