चीन जाने सवारी सधानको आवागमन रोकियो

0
Shares

काठमाडौं ।

अविरल वर्षाको कारण अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ डाक्लाङमा आज बिहान सवा ५ बजे अन्दाजी २० मिटर सडक भासिएको छ ।

सडक भासिएका कारण तातोपानी हुँदै चीनतर्फ जाने आउने मालवहाक सवारी साधनको आवागमन रोकिएको प्रहरीले जनाएको छ । सडक मर्मतको लागि सडक विभागसँग समन्यव भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।